
पोखरा भ्यूज
चैत्र ४, पोखरा । कालिका बहुमुखी क्याम्पस सञ्चालक सञ्चालक समितिको अध्यक्षमा पुनः किरण के.सी. निर्विरोध निर्वाचित भएका छन् । शनिबार क्याम्पस सभा तथा छैटौं अधिवेशनले केसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
क्याम्पस सञ्चालक समितिको कार्यकाल ३ वर्षको हुनेछ । त्यस्तै समितिको उपाध्यक्षमा बोधबहादुर कार्की चयन भएका छन् भने सदस्यहरुमा वीरेन्द्र केसी, जेवी कुँवर, भेमसेन थापा, अमित थापा, भविन्द्र विक, प्रेमबहादुर कार्की रहेका छन् ।यसैगरी कमल बस्नेत, गोकर्ण कार्की, डा.परमेश्वोर पोखरेल, किरण अधिकारी, महेश कार्की, बिमलबहादुर कार्की सद्स्यमा निर्वाचित भएका छन् ।
यसअघि क्यम्पसका संरक्षक एवम् समितिका पूर्व अध्यक्ष प्रेमकुमरी केसीले कार्यक्रमको उदघाटन गरेकी थिइन। क्याम्पस प्रमुख बिरन्जी गौतमले क्यम्पसको प्रगती प्रतिवेदन र आगामी कार्ययोजनासहितको बजेट प्रस्तुत गरेका थिए ।
उनले क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्यम्पसले स्वअध्यन प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको जानकारी दिए । उनले प्राध्यापकहरुको वृत्तिविकासका लागि पिएचडी र एमफिल,अनुसन्धानमुलक गोष्ठी,सेमिनारको व्यवस्था गरिएको उल्लेख गरे ।
कार्याक्रममा क्याम्पसका संस्थापक सद्स्य डा. चन्द्रबहादुर गुरुङ, डा. कृष्ण केसी, सिनेटर निशा मल्ल ठकुरी, माधब बराल लगायतले बोलेका थिए ।











