
पोखरा भ्यूज
३ चैत्र, पोखरा । चिकित्सा अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
सरकारी जागिरी विद्यार्थीद्वय अन्जना अधिकारी र दिपिका धिताल को उमेद्वारी दर्ता खारेजीको माग गर्दै उच्च अदालत पोखरामा परेको उत्प्रेषण परमादेशको रिट निवेदनमा सुनुवाई गर्दै न्यायाधीशद्वय उज्ज्वल शुक्ल र ऋषिराज राजभण्डारीको संयुक्त इजलाशले चैत्र ५ गते तोकिएको निर्वाचन अर्को आदेश नभइन्जेसम्मा लागि स्थगन गर्न अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशपछि निर्वाचन अनिश्चित भएको हो । अनेरास्वयुविको तर्फबाट सरकारी सेवामा रहेका अधिकारीले सभापति र धितालले कोषाध्यक्ष पदमा उमेद्वारी दिएका थिए । उनीहरुको उमेद्वारीमा नेविसंघबाट प्रत्यासी अनुष्ठा चापागाईं समेतले दावी विरोधको उजुरी दिएकामा निर्वाचन समितिले उनीहरुको उमेद्वारी कायमै राखेपछि उमेद्वारीको विवाद उच्च अदालत पोखरामा आएको हो ।

निजहरुको उमेद्वारी कायम रहने नरहने भन्ने सम्बन्धमा व्याख्याको प्रश्न उत्पन्न भई सोको निक्र्योल गर्नुपर्ने देखिएको उक्त रिट निवेदनलाई अग्राधिकारमा राख्न समेत आदेशमा भनिएको छ । शुक्रबार भएको आदेशको व्यहारोरा यस्तो छ:







सम्बन्धित खवर


















