
पोखरा । नेपाल वितरक महासंघले एघारौं वार्षिक साधारण सभा धादिङमा गर्ने भएको छ । अधिकृत विक्रेता संघ धादिङको व्यवस्थापनमा यही वैशाख २३ गते धादिङबेशीमा साधारण सभा गर्ने तयारी गरिएको महासंघका केन्द्रिय सदस्य एवं धादिङ जिल्ला अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।
उक्त साधारण सभा कार्यक्रमले धादिङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै व्यापार व्यवसायलाई राहत पुग्ने गिरीको दावी छ ।
नेपाल भरिका अधिकृत बिक्रेताहरूको छाता संघ नेपाल बितरक महासंघको साधारणसभाले धादिङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले दाबी गरेको छ । त्यस्तै, साधारणसभा सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जानकारी दिएको छ ।
साधारण सभामा करिब ३०० जना अधिकृत विक्रेताका प्रतिनिधि तथा प्रवेक्षकहरुको सहभागिता रहने महासंघका अध्यक्ष हरिराज पन्तले जानकारी गराए । पन्तका अनुसार धादिङका लागि यो एउटा राम्रो अवसर भएको हुँदा कार्यक्रमलाई सभ्य र भव्य बनाउनु सबैको दायित्व भएको बताए ।







सम्बन्धित खवर















