16Shares

कास्की गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्र राज पाण्डे नियुक्त भएका छन् प्रदेश प्रमुखपृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहितमुख्यमन्त्रीमा दाबी पेस गरेका थिए

पाण्डेलाई कांग्रेसको २७, माओवादीको स्वतन्त्र सहित ३५ सांसदको समर्थन

गण्डकीको नेतृत्वमा माओवादीको समेत दाबी थियो तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्नेनिर्णय पठाएपछिमाओवादिले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् माओवादीबाट दलकानेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढलेको हो

को हुन, सुरेन्द्रराज पाण्डे ?

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता हुन ।पाण्डेको लोकतान्त्रीक आन्दोलनमा निरन्तर योगदान रहंदै आएको छ ।

पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आवद्ध थिए ।
२०३७ सालमा अमरज्योती जनता मावि बाट एसएलसी, त्रिभुवन बिश्व बिद्यालबाट स्नातक गरेका पाण्डे सालिन, इमान्दार, प्रखर बक्ता र नतिजामा बिश्वास गर्ने नेताको रुप परिचित छन ।

राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी आठ महिना भन्दा बढी समय जेल जिवन बिताएका पाण्डे पटक पटक लोकतान्त्रीक आन्दोलनको क्रममा हिरासत समेत परे ।

२०३६ सालमा ने वि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका पाण्डे २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिब हुँदै २०४५सालमा त्रिचन्द्र क्याम्पस का स्ववियु सभापती निर्वाचित भए ।

२०४९मा ने वि संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने ।
हाल तेस्रो पटक नेपाली कांग्रेस का केन्द्रिय सद्स्य बनेका पाण्डे २०७४ साल मा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फ बाट प्रमुख प्रतिपक्ष दल को नेता बने ।

राष्ट्रिय सभामा रहदा प्रतिपक्ष दलका नेताको बलियो र प्रभावशाली भुमिका निर्वाह गरेका उनको कामको पार्टी भित्र र बाहिर पनि प्रशंसा भएको थियो ।

गोरखा क्षेत्र नम्बर २ मा संघिय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बनाउने शिर्ष नेताको योजनामै गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा चुनाव लडेका थिए ।

गोरखामा उनी बिवाद रहित, सबैलाई समान ब्यवाहार गर्ने, कार्यकर्तासँगै जनताको पनि कुरा सुन्ने, जिल्लाको बिकास निर्माण, योजनाका बारेमा केन्द्रिय स्तरमा दाबाब दिने, बिकास र समृद्धीमा राजनीतिक प्रतिसोधन नराख्ने, अन्य राजनीतिक दलका नेतासँग पनि समाभाव कायम गर्न सक्ने प्रभावशाली नेताका रुपमा परिचित छन् ।

 

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected