
35Shares
पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन गरेका हुन् ।
२०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए ।
थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको जनाइएको छ ।
35Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















