
पोखरा, जेठ १४ । नेपाल प्रेस युनियन कास्कीको दशौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । युनियनको जेठ ७ र ८ गते सम्पन्न जिल्ला अधिवेशनले बासुदेव मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो । निर्विरोध निर्वाचित समितिको खुल्ला उपाध्यक्षमा विजय लम्साल, समावेशी/महिला उपाध्यक्षमा ज्योति हमाल, सचिवमा धन बहादुर गुरुङ ( सुमन ), कोषाध्यक्षमा निराजन अधिकारी र सहसचिवमा सपना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।
त्यस्तै गरी सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, प्रविणथापा, प्रतिमा सापकोटा, बल बहादुर रोका मगर , देविका तामाङ र सविन वि.क.र अभिनन्दन बजिमय रहेकाछन् ।
नवनिर्वाचित अध्यक्ष पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समितिका संयोजक राजबहादुर गरुङ्गले पद तथा गोपनीयताको शपथ गराएका थिए भने कार्यक्रमका प्रमुख अतिथि उद्मोग, पर्यटन, वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापाले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई निवर्तमान कार्यवाहक अध्यक्ष रविना आलेले माईन्यूट हस्तान्तरण गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले लोकतन्त्रको आन्दोलनमा प्रेस जगतको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै लोकतन्त्रको संरक्षणमा पनि उत्तिकै भूमिका अपरिहार्य रहेको उल्लेख गरे । मन्त्री थापाले सञ्चार क्षेत्र र लोकतन्त्र एक आपसमा परिपूरक भएको बताउँदै प्रेस युनियन सम्बद्ध पत्रकारहरू राज्य र समाजले आशा एवं विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमासहयोग गर्न समेत आग्रह गरे ।
नव निर्वाचित अध्यक्ष बासु मिश्रले प्रेस युनियनका सबैलाई समेटेर अगाढि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधरपराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारापाखे र डा. बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आले लगाएतले प्रेस युनियनको महत्व र भूमिका लगायतमा आ–आफ्नाधारणा राख्दै युनियनमा कोही कसैलाई काखापाखा नगरी सङ्गठनलाई मजबुत बन्ने विश्वास व्यक्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक राज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य अधिवक्ता हरि भट्टराईले स्वागत तथा अधिवक्ता गिता लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।














