२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

दमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गिय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो ।
शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भट्टराईले उनको निष्ठावान कर्मले राजनीतिमा अघि बढ्न उर्जा मिलेको बताए । बफादार योद्धा रुपमा चिन्ने गरेको उल्लेख गर्दै उनले पार्टीमा उनको अभाव सधैं खड्किने बताए । उनी जस्तै जस्तै निष्ठावान र लोकतन्त्र प्रतिबद्ध नेताले गर्दा झण्डै लोप हुन लागेको प्रजातन्त्रलाई पुर्नजिवित हुन सकेको भट्टराईको भनाई थियो । विपी कोइरालको सन्देस गाउँ गाउँमा पुर्‍याउने , व्यक्तिगत फाइदाको लागि नभई पार्टीको लागि काम गर्ने नेता भट्टराई भएको उनले बताए । स्वतन्त्रा, संविधान, निर्वाचनको पद्धति उहाँहरुको योगदानले आएको भट्टराईले जानकारी दिए । शोक सभामा भट्टराईको राजनीतिक जीवनीको बारेमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिएका थिए । विपीको पठाएको सन्देश गाउँ गाउँमा पुर्‍याए बापत दुई वर्ष जेल जीवन समेत विताउनु परेको पोख्रेलले बताएका थिए ।
नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षमा भएको शोक सभामा नेपाली कांग्रेस तनहुँका निवबर्तमान सभापति वैकुष्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, सचिव लक्ष्मीभक्त खनाल, भट्टराईसँगै जेल पर्नु भएका भिमसेन दर्र लगायतले लाभको पद नपाएपनि निरन्तर पार्टीको लागि योगदान दिने त्यागि, निष्ठावान नेता भएको उल्लेख गर्दै नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षती पुगेको धारणा राखे । भट्टराईले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पुर्याउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । शोक सभा भट्टराईको निवास व्यास ४ दमौलीमा गरिएको थियो ।
भट्टराई व्यास नगरपालिका-११ फराकचौरमा २००३ साल भदौ २४ गते जन्मनु भएको थियो भने निधन यही जेठ ३ गते भएको थियो । परिवारजनको तर्फबाट भट्टराईको बुहारी शुसिला शर्मा भट्टराई सहभागीलाई धन्यवाद दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस व्यास नगरका सहसचिव मानबहादुर रुचालले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…