२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ

पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ ।
सोमबार एक कार्यक्रमका विच पोखरा-१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वजजिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाईसँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून मार्फत नियमन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सहकारीले महिलाहरुमा शिक्षा, उद्दमशीलताका क्षेत्रमा सकारात्मक परिवर्तन भएको भन्दै यसलाई दिगो बनाईराख्न सरकार सकारात्मक रहेको बताए । सहकारीका क्षेत्रमा पछिल्लो समय ठगी खाने गिरोह सक्रिय रहेको भन्दै उनीहरुलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिन सो अवसरमा आग्रह समेत गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य विना लोहनी, मुक्तिनाथ विकास बैंक बिरौटाका शाखा प्रमुख डम्बर बहादुर कार्की, सल्लाहाकार संयोजक परमेश्वर आचार्यले राम्रो ब्यवस्थापन गरेर अगाडी जान र उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
सहकारीका अध्यक्ष दुर्गाकुमारी आचार्यले कृषि र पर्यटन क्षेत्रलाई आधार बनाएर स्थापना भएको सहकारी गण्डकी प्रदेशकै पहिलो सहकारी भएको दावी गरिन् । उनले विषम परिस्थीतिमा स्थापित सहकारीले सेयर सदस्यहरुको लगानीलाई सुरक्षित गर्ने हिसावले जोखिमयूक्त क्षेत्रका लगानीलाई निरुत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सहकारी अध्यक्ष समाज (कोप्स)का अध्यक्ष डिल्लीराम बराल, गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण बराल, निलगिरी बचत तथा ऋण सहकारी संस्थाका लेखनाथ बराल, अग्रसर बचत तथा ऋण सहकरी संस्थाका सचिव कमला शर्माले सहरकारी संस्थाहरुको चेकले सरकारी मान्यता प्राप्त गर्न अझै नसकेको भन्दै यसलाई सहजीकरण गरिदिनका लागि आग्रह गरे ।
कार्यक्रममा सेयर सदस्य सिता काफ्ले, कृष्णमुरारी आचार्य, नगेन्द्र शर्मा, सञ्चालक सदस्य रेखादेवी शर्मा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमार लामिछानेले र सञ्चालन सह-सचिव सावित्रा पौडेलले गरेकी थिइन् ।
पोखराको विरौटाचोकमा कार्यालय रहेको सहकारीमा १६८ जना सेयर सदस्य रहेका छन् भने २ करोड ७८ लाख ७५ हजार सेयर पुँजी रहेको संस्थाका व्यवस्थापक देवी थापा खत्रीले जानकारी दिइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…