
घान्द्रुक, कास्की । अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट संयुक्त रूपमा रूपनारायण ढकाल र सन्तोष पोखरेल सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको समापन एवं अन्नपूर्ण म्याराथनको उद्घाटन पश्चात आयोजित औपचारिक समारोहमा उक्त पुरस्कार प्रदान गरेको हो ।
अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल र नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेललाई सम्मानित गरेका थिए ।
सम्मानित भएका प्रतिभा मध्येपत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदैआएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अग्रेजी संस्करणको अनलाईपत्रिकामा आवद्धछन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनीनागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै आएका छन् । प्रत्येक वर्ष वितरण गरिनेभनिएको सो पुरस्कार कोभिड–१९ का कारण गत ३ वर्षदेख़ि स्थगित गरिएको थियो । दोस्रो पटक प्रदान गरिएको यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी जेठ २० गतेका दिन वितरण गरिएको हो ।
यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार पुरस्कृत भएका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले ढकाल र पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा आयोजक समितिका मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, समितिका कानूनी सल्लाहकार अधिवक्ता एवं पत्रकार हरिप्रसाद भट्टराई, समितिका महासचिव दिलिप गुरुङ र अध्यक्ष ललित गुरुङ सदस्य थिए । पत्रकारितका माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको भन्दै समितिले यो पुरस्कार प्रदान गरेको हो ।







सम्बन्धित खवर
















