२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खेलकुद

तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका बुढ़ा र भण्डारीलाई

घान्द्रुक, कास्की । तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धिराबहादुर बुढा र गनाना भण्डारीले जितेका छन् ।  पुरुषतर्फ जुम्लाका बुढ़ा र महिलातर्फ जुम्लाकै भण्डारीले तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन–२०८०को उपाधि जितेका हुन्।

पदयात्राका लागि विश्वकै १० उत्कृष्ट मध्येको एक अन्नपूर्ण पदमार्गमा शनिबार सम्पन्न म्याराथनमा दुई विदेशीसहित पुरुषतर्फ ३६ र महिलातर्फ ८ जनालाई पछि पार्दै बुढा र भण्डारीले उपाधि हात पारेका हुन्।

जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा सम्पन्न म्याराथनको निर्धारित दूरी पुरुषतर्फ बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेन्ड र महिलातर्फ भण्डारीले ५ घण्टा ४३ मिनेट ३ सेकेन्डमा पार गरे।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले निर्धारित दुरी ४ घण्टा १२ मिनेट १९ सेकेन्डमा पूरागदै दोस्रो र सेनाकै वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेन्ड पार गर्दै तेस्रो भए। महिलातर्फ रसिला तमाङले ६ घण्टा ५ मिनेट २ सेकेन्डमा दूरी पार गदै दोस्रो र चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दूरीपार गर्दै तेस्रो भइन्।

४२.१९५ किलोमिटरको म्याराथन चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।

खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरेको आयोजक समितिका अध्यक्ष ललित गुरुङको भनाइ छ । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी विश्वका ८ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमानी राखेका थिए। सोही दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार नगदसँगै पदक र प्रमाणपत्र पाए भने महिलातर्फ प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजारसँगै पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फोटो फिचर

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…