0Shares

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । आन्तरिक उडानमै सीमित रहँदै आएको पोखरा विमानस्थल गत १ जनवरीमा प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेका थिए ।

चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सको एयरबस ए–३१९ जहाज बिहान ९ बजेर २ मिनेटमा पोखरामा सफल अवतरण भएको हो । चिनको छेन्दु–तियान्फु इन्टरनेसनल विमानस्थलबाट उडेको जहाज करिब ३ घण्टाको उडानपछि अतवरण भएको थियो । विमानका यात्रुलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती राई, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले भव्य स्वागत गरे । पर्यटन व्यवसायीहरुले यात्रुलाई ढाकाटोपी र खादा लगाइदिएका थिए । अधिकांश यात्रु पोखरामा ८ र ९ गते हुने बोट फेस्टिभलमा भाग लिनेहरु छन् ।करिब १६० सिटको सो जहाजले करिब ८० जना यात्रु बोकेर आएको हो ।

गत जेठ २७ मा चीन भ्रमणमा गएको संसदीय टोलीको भ्रमणका सदस्यहरु पनि सो विमानमार्फत पोखरा आएका थिए । जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सांसदहरु पनि थिए ।
पोखरामा ओर्लिएको विमान करिब १ घण्टापछि काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट सिचुवानले नियमित उडान गर्दै आएको छ ।

 

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected