
पोखरा भ्यूज
पोखरा । पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावासको आयोजना पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा बुधवार पोखरा रंगशालामा योगाभ्यास गरि दिवस मनाइएको हो । शिविर बिहान ७:३० देखि ८:३० सम्म संचालन भएको थियो ।
योगाभ्यासमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किँराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेंयर धनराज आचार्य लगायत पर्यटन व्यवसायी, भुतपुर्व गोर्खा सैनिक, वृद्धवृद्धा, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको यो दुई मुलुक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे । पोखरा र गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएकोले यहाँ धार्मिक पर्यटक समेत उसैगरी आकर्षण गर्न सकिने भनाई थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भारतका विभिन्न सहरबाट पोखरा सिधाइ हवाईसम्पर्क कायम गरी पर्यटकीय चहलपहल बढाउन सकिने बताए । अन्नपूर्ण हिमशृंखललाको काखमा रहेको पोखरालाई अन्तर्राष्ट्रिय योग केन्द्रका रुपमा समेत विकास गर्न सकिने मन्त्री किरातीको भनाई थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखराको पर्यटन प्रवद्र्धनमा भारत सरकार प्रयासरत रहेको बताउदै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थाल्नुका अतिरिक्त सडकमार्ग समेत सहज बनाउनुप पर्ने बताए । उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडकसञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए । उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको पनि बताए ।
उनले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा बिकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए । उनले भने, ‘पर्यटनको हिसावले हेर्नेहो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक बर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ । यसका लागि भरतीय दतावास मिलेर काम गर्नतयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरु अहिले पनि पोखरा आउँछन् । नयाँ सडक, नयाँ एयरपोर्टका माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’ राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगाकार्यक्रम हुने आशा राखेको बताए ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योगदिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।







सम्बन्धित खवर
















