56Shares

पोखरा भ्यूज

७ असार, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र पाए । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।

महासचिवमा अजयकुमार राई ४६४ मतका साथ निर्वाचित हुँदा पराजित डीपी अर्यालले ३३७ मत पाए ।

खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । सदस्यतर्फको मत गणना भने चलिरहेको छ ।

56Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected