2Shares

पोखरा भ्यूज

पोखरा, ८ असार । पोखराको फेवातालमा दुईदिनेनेपालचीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलसुरु भएको

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन अफ पोखराको संयुक्त आयोजनामा फेवातालको किनारमा दुई दिने महोत्सव आयोजना गरिएको हो 

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती नेपालका लागि चिनियाँ राजदूत चेनसोङले संयुक्त रुपमा उद्घाटन गरेका हुन्

महोत्सवमा आठ टोलीले ड्रागन बोट रेस प्रतियोगितामा सहभागिता जनाएका छन्   सहभागी खेलाडीले २०० मिटर ५०० मिटर दौडमा प्रतिस्पर्धा गर्दै नगद पुरस्कार, मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन् प्रथम स्थान प्राप्त गर्नेले ३० लाख पुरस्कार पाउँने छन् । ड्र्यागन बोट रेस ५० भन्दा बढी देशमा आयोजना भई एसियाली खेलकुदमा पहिलोपटक प्रवेश गरेको हो  

उद्घाटन समारोहमा मन्त्री किराती, चिनियाँ राजदूत चेन सोङ, एनटीबीका प्रमुख कार्यकारी अधिकृत धनञ्जयरेग्मी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलेआफ्नो धारणा राखेका थिए

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected