२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्सको कार्यकाल शुभारम्भको अवसरमा काठमांडौ र गण्डकी क्षेत्रमा दीप प्रज्वलन सहित बृहत सरसफाई सम्पन्न

पोखरा भ्यूज ।

काठमांडौ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट भर बृहत सरसफाई तथा दीप प्रज्वलन गर्दै लायन बर्षको सुरूवात गरेको छ ।  बाग्मती स्थित सबै क्लबहरुको संयुक्त आयोजनामा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा काठमाडौँ स्वयम्भू मन्दिर परिसरमा बृहत सरसफाइ तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै पोखरा एरियामा पनि पोखरास्थित सम्पूर्ण क्लबहरूको संयुक्त आयोजनामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (साविकको गण्डकी अस्पताल) परिसरमा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यता बृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।

यसैगरी, पर्वतस्थित सम्पूर्ण क्लबको आयोजनामा राजमार्गमा लायन्सद्वारा गतबर्षमा रोपण गरिएका बिरुवाको गोडमेल सहित सरसफाई सम्पन्न गरिएको छ ।

दुवै ठाउँमा आयोजना गरिएको बृहत सरसफाइ कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडर, क्लब अध्यक्ष एवं पदाधिकारी, स्थानीय नागरिक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।

लायन्सले बिशेष गरी वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

उपस्थित लायन्सहरूले सर्भिस ज्याकेट र सरसफाईका लागि आवस्यक सामाग्री (ग्ल्बस, कुचो, हसिया, फोहोर राख्ने बोरा आदि समेत लिएर सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।

सर सफाई आयोजनाको लागि पोखरा क्षेत्रमा डिष्ट्रिक्ट को–अर्डिनेटर सुदिप राज ढुंगाना संयोजक र तिलक प्रसाद तिवारी सह–सयोजक साथै बाग्मती क्षेत्रका लागि मेनका लामाले संयोजन गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…