२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

आफूले योगदान नगर्ने र अरुलाई योगदान दिन अनुरोध गर्नुले कुशल नेता बन्न सकिँदैन : गभर्नर के. सी.

पोखरा भ्यूज 

असार २३, पोखरा । लायन्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले आफूले योगदान नगर्ने तर अरुलाई योगदान दिन अनुरोध गर्नुले मात्र कुशल नेता बन्न नसकिने बताउनुभएको छ ।

लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्ट गभर्नर केसीले गण्डकी क्षेत्रका सिनियर लायन लिडरहरूलाई डिष्ट्रिक्ट डाईरेक्टरी एवं पिन वितरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

केसीले “लिड बाई एग्जाम्पल” आफू उदाहरणीय नेता बन्दै अरुलाई नेतृत्वका लागि उत्प्रेरित गरी आफ्नो व्यक्तिगत क्षमता विकासमा मेहनत गर्न जोड दिनु भयो । उहाँले लायन्स लिडरहरूलाई नेतृत्वका लागि अभिप्रेरित गर्दै निर्णयका लागि जोखिम लिदै संस्थाको उद्देश्य, मूल्य र मान्यतामा स्पष्ट भई आवश्यकता पहिचान गरी आफुले गरेका हरेक बाचाहरू पुरा गर्न सक्रिय हुदै निर्णय क्षमताको विकास सँगसँगै पारदर्शी बनि आफूले प्राप्त गरेको उपलब्धिबाट अरुलाई पनि प्रेरित गर्न आग्रह गर्नु भयो ।

जुलाई १ मा काठमांडौमा डिष्ट्रिक्ट गभर्नर पदको पद ग्रहण गरे पश्चात पहिलो पटक पोखरामा औंपचारिक कार्यक्रममा सहभागिता जनाउनु भएका गभर्नर केसीले लायनहरुको नयाँ बर्ष (कार्यकाल) भर्खरमात्र शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले बनाउनु भएको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ हामीले कार्यकाल शुरु गरेका छौं, सबैको साथ सहयोगको अपेक्षा गरेको केसीको भनाई रहेको थियो ।

केसीले आफ्नो कार्यकालको थिम नेतृत्वका लागि उत्प्रेरित गरौ “इन्सपाएर टु लिड” को नारा अन्तर्गत रहेर लायन बर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उत्प्रेरणा प्रदान गर्न आग्रह गर्नु भयो ।

उहाँले सङ्गठन बलियो बनाउन, योगदानका लागि उत्प्रेरित, तालिम, प्रशिक्षण आदि आयोजना, फेलोसिपका कार्यक्रमहरु आयोजना गरी नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि उत्प्रेरित गर्न लायन्स लिडरहरूलाई आग्रह गर्नु भएको छ ।

स्मरण रहोस, लायन्सको आफ्नै बिधि बिधान अनुसार जुलाई १ लाई लायन बर्षको सुरूवातको दिन र जुन ३०लाई कार्यकालको अन्तिम दिनको रूपमा लिने परम्परा छ ।

कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे लगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…