
पोखरा भ्यूज
पोखरा । पोखराको अमरसिंहचोकमा करिव २ करोडको लागतमा बेबी सप सञ्चालनमा आएको छ । अमरसिंहचोकस्थित पार्क ल्याण्ड हस्पिटलदेख़ि ५० मिटर पूर्व रोजमेरी स्क्वेर भवनबाट बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामाग्री एकै ठाउँमा उपलब्ध गराउने गरी उक्त बेबी सप सञ्चालनमा आएको सञ्चालक बुद्धिराज भट्टराईले बताए । ग्राहकलाई आवश्यक परेको सामाग्री अनलाइन तथा टेलिफोनबाट पनि अर्डर गरी खरिद गर्न सकिने उनको भनाई छ ।
आभाष अभिजित बेबील्याण्ड नाम दिइएको सो बेबीसप शुक्रबार आयोजित एक समारोहबीचका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उद्घाटन गरेका हुन् ।
बैकिङ क्षेत्र, अटो पार्ट्स एवं मार्केटिङमा लामो समय काम गरेको अनुभव, समय र श्रमको महत्व बुझेकाले आफैले पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त सपको थालनी गरेको भट्टराईले बताए । ८ बर्ष बढ़ी समय विभिन्न क्षेत्रमा आफूले श्रमको र समयको महत्व बुझेपछि आफ़ैले उक्त श्रम र समय खर्च गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेर व्यापार व्यवसायमा लागेको उनको भनाई छ । अमरसिंहचोक क्षेत्रमा बालबालिकाहरुको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु एकैथलोमा पाइने पसल सञ्चालनमा नरहेकाले त्यसैलाई मध्यनजर गरी आफैले उक्त बेबीसप सञ्चालनमा ल्याएको भट्टराईले बताए ।
जन्मेदेखि बाह्रवर्षसम्मका बालबालिकाहरुको गुणस्तरिय सम्पूर्ण सामग्रीहरु कपडा, जुत्ता, चप्पल, वाकर, खेलौनाहरु, उपहार सामग्रीहरु, बेबी फुइस, बेबी कस्मेटिक्स, खेलकुदका सामाग्रीहरु लगायत आमाबुबाको लागि समेत कपडाहरु पाइने उनले जानकारी दिए । त्यस्तै, बालबालिकाहरुको शुभ कार्य अन्नप्रासन जन्मोत्सव, लगायतका कार्यहरुका लागि आवश्यक सामाग्रीहरुका साथै अनलाइन तथा फोनबाट समेत सामानहरु अर्डर गर्न सकिने साथै नेपाल अधिराज्यभर होमडेलीभरीको व्यवस्था भएको शनिबार लगाएत अन्य बिदाका दिनहरुमा समेत खुल्ला रहने प्रशस्त पार्कीकोसुविधा भएको भट्टराईले बताए ।












