२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

मियो सेक्युरिटिजले शुरू गर्यो शेयर कारोबार

पोखरा भ्यूज
काठमाडौं, ३० असार । मियो सेक्युरिटीज प्रा लि ले शेयर खरिद बिक्री कारोबार शुरू गरेको छ । ब्रोकर नम्बर ६६ रहेको यो कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्विकृती पाएको थियो। शेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेको फ्लोर सिटमा मियो सेक्युरिटीज, ब्रोकर नम्बर ६६ देखिन थालेको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते ब्रोकर नम्बर ६६ रहेको प्रमाणपत्र प्राप्त गरेको हो । मियो सेक्युरिटीजको हाल काठमाडौं १ हात्तीसारमा कार्यालय रहेको कंपनीका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले बताएका छन ।
ब्रोकरेज कारोबार शुभारम्भसँगैं लगानीकर्ताहरूलाइ स्मार्ट सर्भिस प्रदान गर्दै सेयरबजारलाई थप सुदृढ, विश्वसनीय बनाउदैं बिश्वासिलो धितोपत्र ब्रोक्रर कम्पनीका रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको प्रमुख कार्यकारी अधिकृत मल्लले बताएका छन ।
उनले शेयर खरिद बिक्री कारोबार ब्रोकर नम्बर ६६ बाट गरेर सेवा गर्ने अवसर दिनुहुन ग्राहकवर्गमा अनुरोध समेत गरेका छन ।
मियो सेक्युरिटीजको संचालकमा कैलाश खत्री, बिरोचन खनाल र सन्दिप दाहाल छन । कंपनीमा चाटर्ड एकाउन्टेण्ट, बैकर लगायत बिभिन्न पेशा ब्यवसायमा संलग्न ७८ जना लगानीकर्ताहरूको लगानी रहेको बताइएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…