२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरस्थानिय समाचार

अन्नपूर्णमा सेवाग्राहीका लागि सहायता कक्ष संचालन

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवाग्राहीका लागि सहायता कक्ष संचालन गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रक्रिया, आवश्यक कागजात सम्बन्धित शाखा लगायतको जानकारी सहित आवश्यक सोधपुछ र सहजीकरणको लागि सहायता कक्षको सुरूवात गरिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी.ले जानकारी दिनु भयो ।

सहायता कक्ष संचालनका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको अध्यक्ष के.सी.ले बताउनु भयो । पालिका अध्यक्षले पहिलो सेवाग्राही कुल प्रसाद भण्डारीलाई टिका लगाएर स्वागत गरी सहायता कक्ष शुभारम्भ गर्नु भएको थियो ।

सोमबारदेखि सुरु गरिएको सहायता कक्षमा पहिलो सेवाग्राही कुल प्रसाद भण्डारीले पहिलो सेवा लिएका थिए । सेवा लिन आएका भण्डारीले सहायता कक्ष नहुँदा अन्यौलमा पर्ने, यता उता डुल्ने गर्नु पर्थ्यो भने त्यो हटेको प्रतिक्रिया दिनु भयो । उहाँले सहायता कक्षले आफूले खोजेको ठाउँ व्यक्ति सजिलै भेट्न सकेको र धेरै सजिलो भएको हुँदा गाउँपालिकाले सञ्चालन गरेको सहायता कक्ष प्रभावकारी भएको बताउनु भयो ।

कार्यक्रममा नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवातसंगै आफूहरुले राम्रो कामबाट सुरुवात गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी.को भनाई रहेको थियो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्न सबै जना उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने अध्यक्ष के.सी.ले बताउनु भयो । आफूहरु निर्वाचित भएर आइसके पछाडि सुशासन र सरल सेवा प्रवाहको लागि परेको समेत उहाँको भनाई छ ।

गाउँपालिकाले विशेष दिन पारेर सेवाग्राही कक्ष सुरु गरेको हुँदा बर्षदिन भरी नै सेवा प्रबाह प्रभाबकारी हुने भन्दै सबैलाई सेवाग्राही मैत्री भएर काम गर्न गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आग्रह गर्नु भयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले कार्यालय परिसरमा वाइफाई फ्री जोन समेत घोषणा गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कार्यालयमा आउने सेवाग्राहीले निःशुल्क रुपमा वाइफाईको प्रयोग मार्फत सेवा सम्बन्धी जानकारी, वेबसाइट भिजिट लगायत अन्य सूचना तथा जानकारी प्राप्त गर्न कार्यालय परिसरमा वाइफाई फ्री जोन घोषणा गरेको जानकारी दिनु भयो । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिएको छ ।

गाउँपालिकाले गत आ.ब. देखि नै जनताले घरमै बसेर इसेवा, कनेक्ट आइपिएस मार्फत कर तिर्न सक्ने व्यवस्था गरेको थियो भने सेवाग्राही सन्तुष्टि मापन र गुनासोको लागि क्यु आर कोडबाट सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम समेत भर्ने व्यवस्था सुरुवात भइसकेको पालिकाले जनाएको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…