76Shares

पोखरा भ्यूज
काठमाडौं, १३ साउन । लायन्सका अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले नेपाललाई लायन्समार्फत विश्वभर चिनाउन प्रयास गर्ने बताउनु भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवम् पहिलो क्याविनेट बैठकको उद्घाटन समारोहमा बुर्लाकोटीले सो कुरा बताउनु भएको हो ।
बुर्लाकोटी जुलाई ७ देख़ि ११ सम्म अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनबाट २०२३-२५ सम्मका लागि नेपालबाट लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित हुनु भएको हो ।
बुर्लाकोटीले डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्टका भाईस गभर्नरहरू सहित क्याविनेटका पदाधिकारीलाई शनिवार राष्ट्रिय सभा गृह काठमांडौंमा सम्पन्न पदस्थापन समारोहमा पद तथा गोपनियताको सपथ गराई पदस्थापन गराउनु भएको थियो ।पदस्थापनपछि बोल्दै बुर्लाकोटीले लायन्जिमको विकास र विस्तारमा आफ्नो सक्रियता निरन्तर रहि रहने बिचार व्यक्त गर्नु भयो । नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उहाँको भनाई थियो। आफुलाई अन्तर्र्राष्ट्रिय निर्देशकमा पुर्र्याउन नेपालका लायन्सले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै सहयोगी मनहरूलाई धन्यवाद दिनुभएको थियो ।
पूर्व अन्तर्राष्ट्रिय निर्देशक एवं कन्सिटुशनल एरिया लिडर सञ्जय खेतानले नेपालीलाई विश्वले हौसला दिइरहेको र नेपालमा विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरू ल्याउन सफल भएको भन्दै लायनवादमा लागेर सेवा गरिरहनु भएकाकै कारण समाजमा सेवा स्थापित भएको जिकिर गर्नु भयो ।
अध्यक्षता गर्नु भएका डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्टका मुख्य कार्यक्रम, हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम बारे प्रष्टाउनु भएको थियो ।
डिष्ट्रिक्ट गभर्नर केसीले हिजोका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफु बिश्वस्त रहेको बताउदै आफ्नो कार्यकालको थिम नेतृत्वका लागि उत्प्रेरित गरौ (इन्सपाएर टु लिड) को नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उप्रेरणा प्रदान गर्न आग्रह गर्दै संस्था बलियो बनाउन, योगदानका लागि, तालिम/प्रशिक्षणका लागि, फेलोसिप, नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि उत्प्रेरित गर्न नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गर्न लिडरहरूलाई आग्रह गर्नुभयो ।
सुरुवाति कालदेखि नै नेपालको लाईनिजम विश्वमा चिनाउन पुर्व गर्भनरहरुले गरेको कार्य उत्कृष्ठ रहेको बताउदै यस पटक पनि क्लब गठनको हिसावले विश्वको नंम्बर १ मा डिष्ट्रिक्टलाई राख्न सफल भएको जनाउ दिनुभयो ।
गभर्नर केसीले  विभिन्न शिर्षकमा उत्कृष्ट काम गर्ने डिष्ट्रिक्टका पदाधिकारी एवं विभिन्न क्लबका अध्यक्ष लगाएत पदाधिकारीलाई गभर्नरको पिन, प्रशंसा पत्र, अन्तर्राष्ट्रिय अध्यक्षको पिन लगाएतले सम्मान गर्नु भएको थियो ।


कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सिल चेयर पर्सन सिबी चन्द, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डे, पिएमसीसी मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, कार्यक्रमका संयोजक खोमराज बराल लगायतले आ-आफ्नो भनाई राख्नु भएको क्याबिनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिनुभयो ।
पदस्थापन समारोहमा क्याविनेटका अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्यहरु सहित १ हजार बढी लायन सदस्यहरु सहभागिता रहेको थियो ।
डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याविनेट बैठकको संयोजन लायन्स क्लब अफ काठमाण्डौ देउराली दियालोले गरेको थियो ।

76Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected