
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ का स्थानीयको विरोध पछि पोखराको फोहोर केहिदिनदेख़ि सडकमै थुप्रिन थालेको छ । अस्थायी ल्यान्डफिल्ड साइडको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर फाल्न जाने सवारीले बाटोमै फोहोर खसालेपछि स्थानीयले विरोध सुरु गरेका हुन् ।पोखरा महानगरपालिकाले ६ महिनाको लागिमात्रै भनेर अस्थाई रुपमा फोहोर फाल्ने बताएपनि सम्झौता मितिनाघिसक्दा समेत महानगरले सोही स्थानमा फोहोर फालिरहेको छ । बस्तीको नजिक फोहोर फाल्दा निकैदुर्गन्ध आउन थालेपनि स्थानीयले पटक पटक विरोध गर्दै आइरहेको थिए । यति मात्र होइन उक्त स्थानमाफोहोर फाल्न रोक्न आदेश होस् भन्दै स्थानीयले अदालतमा निवेदन समेत दिएका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्थानीय युवाहरुको विरोधका कारण महानगरको फोहोरउठ्न नसकेको बताउनुभयो । उहाँले अदालतमा समेत निवेदन परेको र अदालतले निवेदन अनुसार आदेश नगरी२१ गतेलाई दुवै पक्षलाई छलफलमा डाकेको सुनाउनुभयो । ‘मुद्धा परेको त केहि छैन् । अब यो हामीलाईस्वास्थ्यमा प्रतिकुल असर परेको हुनाले महानगरपालिकाले यो ठाउँमा फोहोर विसर्जन नगर्ने आदेश होस् भन्नुभएको छ । त्यो चाँहि त्यस्तो आदेश अदालतले गरेन । छलफलका लागि दुवै पक्षलाई बोलाएको छ’ मेयरलेभन्नुभयो, ‘स्थानीय युवाहरुले फोहोर नफाल्नुस भन्नुभएको छ । छलफल भइरहेको छ । छिट्टै उठ्छ । सानोटुक्रा खसेको छ त्यो विषयलाई दुई टिम बसेर सुल्झाउने प्रयास भइरहेको छ ।’ मेयरका अनुसार स्थानीयसँगवार्ता नमिलेसम्म फोहोर नउठ्ने छैन् । फोहोर कहिले उठ्ने भन्ने यकिन छैन् । ‘ठ्याक्कै कहिले उठ्छ भनेर त भन्नसकिन्न । छलफल नसकिएसम्म फोहोर उठ्दैन्’ मेयर आचार्यले भन्नुभयो । पोखरा महानगरपालिकाकासरसफाई शाखा प्रमुख कल्पना बरालले स्थानीयको विरोधका कारण फोहोर व्यवस्थापन हुन नसकेकोजानकारी दिनुभयो । उहाँले अपेक्षाअनुसार व्यवस्थापन नभएको कारण विरोध गरेको बताउनुभयो ।
‘फोहोरको गाडी हिड्ने क्रममा थोरै फोहोर बाटोमा खस्यो रे । ल्यानडफिल्ड साइड जाने बाटामो । सानो फोहोरखसेको र उठाउ भन्दा नउठाएको रहेछ’ उहाँले भन्नुभयो, ‘स्थानीयको माग त बढ्छ नै उहाँहरुको अपेक्षाअनुसारको व्यवस्थापन भएन भन्ने हो । बिहिबारबाट उठेको होइन् । व्यवस्थापन गर्न खोजेको हो तर बर्खाकोसमयमा माटो हालेपनि बगाउने लगायत समस्याहरु छन् ।’ अहिले पोखरा महानगरपालिकाको मुख्य बजारक्षेत्रका सडक पेटी फोहोरले भरिन थालेका छन् ।
मेयर आचार्यले पोखराको डम्पिङसाइड नबनाई फोहोर प्रशोधन केन्द्र बनाउने यस अघि बताउँदै आउनुभएको छ। फोहोर प्रशोधन केन्द्र बस्तीकै बीचमा बनाएपनि फरक नपर्ने दाबी गर्दै मेयर आचार्यले बन्ने फोहोर प्रशोधनकेन्द्र महत्वपूणर् पर्यटकीय स्थलको रुपमा विकास गर्ने दाबी पनि गर्दै आउनुभएको हो । उहाँले उक्त प्रशोधनकेन्द्र हेर्न टिकट काटेर पर्यटकहरु अबलोकन गर्न जाने योजना महानगरको रहेको विभिन्न कार्यक्रममाबताउनुभएको थियो ।







सम्बन्धित खवर















