
पोखरा भ्यूज
काठमांडौ । नेपाल वितरक महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरी ध्यानाकर्षण गराएको छ । सोमवार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष हरिराज पन्तले भन्सारविभागबाट प्रकाशित सूचना वमोजिम लेवल लगाउने सम्बन्धि व्यवस्थाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अर्थमन्त्री महतलाई महासंघका अध्यक्ष पन्तसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै महासंघले अहिले नै तेस्रो मुलुकबाट आयातित उपभोग्य वस्तुका कार्टुन खोली बितरकको पुर्ण बिबरण उल्लेखहुने गरी नाम ठेगाना ईमेल र एन्जिम रोड लगाएतका लेवल राख्न नसकिने जनाएको छ । महासचिव राज कुमार श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल देशको व्यवसायिक अवस्था र आर्थिक व्यायभारले वितरक व्यवसायीहरू धराशायी अवस्थाबाट गुज्रिरहेको उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, “भन्सार सम्बन्धि ऐनको अनुसूची १ को दफा १८ को उपदफा ४ मा भएकोभएता पनि अहिले यस्तो कठिन वर्तमान परिस्थितिमा तेस्रो मुलुकबाट आयातित उपभोग्य वस्तुहरूमा कार्टुनखोली बितरकको पुर्ण बिबरण उल्लेख हुने गरी नाम ठेगाना ईमेल र एन्जिम रोड लगाएतका राख्नु पर्ने भन्नेसूचना आएको परिपेक्षमा ठूलो लगानी न्यून मुनाफामा कार्य गर्ने हामी वितरक व्यवसायीहरूको लागत वृद्धि हुनेर हामी वितरक व्यवसायीहरू अझै यो कठिन अवस्थामा अरु आर्थिक व्याय भारले थिचिने छौ या मूल्य वृद्धिकोमारमा आम उपभोक्तहरू पर्ने हुन भन्ने चिन्ता नेपाल वितरक महासंघलाई छ ।”
महासंघले ठूलो लगानी र न्यून मुनाफामा लेवल राख्ने कार्य गर्दा वितरक व्यवसायीहरूको लागत वृद्धि हुने रयसले सिधै मूल्य वृद्धिको मारमा आम उपभोक्तहरू पर्ने जनाएको छ ।
भन्सार विभागको उक्त नियम पालना गर्नेबारे नेपाल वितरक महासंघले सम्पुर्ण जिल्ला वितरक संघहरूसँग सल्लाह गरेको र बितरक व्यवसायीहरूलाई जायज नरहेको निष्कर्ष निकालेको जनाएको छ ।
महासंघले हाललाई यस्तो अव्यवाहारिक नियम खारेज वा स्थगन गरि व्यवसायीहरूलाई व्यवसाय गर्नेवातावरण प्रदान गर्न समेत आग्रह गरेको छ ।












