
पोखरा भ्यूज
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ को पहिलो चार्टर प्राप्त क्लब लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका सदस्यहरूलाई लायनवाद सम्बन्धि अभिमुखिकरण गराईएको छ ।ईन्जिनियरहरू मात्र आवद्व रहेको क्लब ईन्फरमेशन टेक्नोलोजी लायन्स क्लव अफ पोखरा अभियानको स्पोन्सरमा गठन भएको हो ।
शनिवार पोखरामा आयोजना गरिएको एक दिने अभिमुखिकरणमा डिष्ट्रिक्ट ३२५आई नेपालका ईन्सिच्युट एण्ड ओरेन्टेशन डिष्ट्रिक्ट को–अर्डिनेटर युवराज खनालले फन्डामेन्टल अफ लाइनिजम र अन्य लायन्स सम्बन्धि बिबिध विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं जोन १८ का जोन चेयरपर्सन कृष्ण लम्सालले भर्खर चार्टर क्लवका सदस्यहरुलाई लायन्स बारे जानकारी गराउन र लायन्सका गतिबिधिमा अझै बढी क्रियाशिल बनाउनको लागि जानकारीमुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
पोखरा अभियानका अध्यक्ष मातृकाप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा ईन्फरमेशन टेक्नोलोजीका संस्थापक अध्यक्ष ई. सनरोज गुरूङले लायन्सको महासागरमा सँगसँगैहातेमालो गर्न आफ्नो पेशा समूहमा रहेका साथीहरूको साथ लिई अगाडी बढ़ेको भनाई राख्नु भयो ।







सम्बन्धित खवर















