
0Shares
पोखरा भ्यूज
२५ साउन, पोखरा । गण्डकी प्रदेशसभामा नेकपा एमाले संसदीय दलले विहीबार जरुरी महत्वको प्रस्ताव दर्ता गराएको छ । उसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा फैलिएको महामारी नियन्त्रणको माग गर्दै गण्डकी संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

एमाले सचेतक देवका पहारीको प्रस्तावमा सांसद कृष्ण पाठक र यशोदा रिमालको समर्थनमा संसदमा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।त्यसैगरी सांसद भीम कार्कीको प्रस्तावमा राप्रपाकी सचेतक विन्दु पौडेल र एमाले सांसद राजकुमारी भुजेलको समर्थनमा लम्पी स्किन रोग नियन्त्रणका लागि प्रस्ताव दर्ता भएको छ। यद्यपि विहीबार बोलाइएको बैठक भने २९ गतेसम्मका लागि स्थगित भएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















