6Shares

पोखरा भ्यूज

२५ साउन, काठमाडौं । सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक(पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणले बताएको छ ।

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ ।

पोखरा भ्यूजलाई प्राप्त सूचना अनुसार सिम्रिक एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ तिनु बुझाउनुपर्ने रकम वक्यौता रहेको छ । त्यस्तै लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ, ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार वक्यौता रहेको छ ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected