२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

कर्मचारीहरू कार्यालय प्रवेश गर्नुअघि सामूहिक राष्ट्रिय गान गाउनुपर्ने

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कर्मचारीहरू कार्यालय प्रवेश गर्नु अघि सामूहिक राष्ट्रिय गान गाउनु पर्ने नियम बनाएको छ । 

गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले नयाँ वर्ष २०८० सुरूवातको पहिलो दिनबाट यो नियम लागू गरिएको बताए । देशप्रतिको भावना जगाउन यो नियम लागु गरिएको उनको भनाई छ ।

कर्मचारीहरू बिहान १० बज्नु भन्दा केही समय अघि नै कार्यालय आएर ठीक १० बजे सामूहिक रूपमा राष्ट्रिय गानमा सहभागी भएर मात्र आफ्नो फाँटमा जानुपर्ने व्यवस्था लागू गरेको छ ।

‘यसले एउटा देशप्रतिको भावना जगाउँछ, अध्यक्ष केसीले भने, ‘आत्मीयता बढ्छ, सबै कर्मचारी एकै ठाउँमा उभिँदा एकैछिन भए पनि कार्यालयको शोभा बढ्छ, त्यसैले यो नियम लागु गरिएको हो ।’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले यो नियमले कर्मचारीहरूलाई ठीक समयमा कार्यालय आउने, कार्यालय पोसाकमा आउन प्रोत्साहन गर्ने र कार्यालयको नियमित कामसँगै नागरिकको सेवा प्रवाहमा प्रति पूर्ण रूपमा जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।  

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…