
पोखरा भ्यूज
३२ साउन, काठमाडौँ । सशस्त्र प्रहरीका १२ उपरीक्षक (एसपी) हरु वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ एसएसपी पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सात दिनभित्र उजुरी दिनसक्ने व्यवस्था छ ।













