
पोखरा भ्यूज
बहराईन । कास्की आदर्श समाज बहराईनको चौंथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय अधिबेशन अदलियास्थित नेपाली क्लबको सभाहलमा सम्पन्न भएको छ।

“कस्केलीको एकता : आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित समाजको दोश्रो राष्ट्रिय अधिबेशनले तिर्थ बहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा पूर्ण बहादुर परियार, द्वितीय उपाध्यक्ष लक्ष्मी क्षेत्री, तृतीय उपाध्यक्ष बिमल थापामगर, महासचिव रवि राज पौडेल, सचिव सन्तोष अधिकारी, कोषाध्यक्ष कमल कुँवर, सहसचिव मान बहादुर पौडेल, सह कोषाध्यक्ष युवराज बराल निर्वाचित भएका छन् ।
यसैगरी समितिको व्यवस्थापक सचिव सन्तोष न्यौपाने, यूवा तथा खेलकुद संयोजक अमृत देवकोटा, महिला संयोजक सञ्जना सुनार र सदस्यमा क्रमशः ईन्द्र बहादुर गुरुङ, प्रेमराज पौडेल, सूर्य बिश्वकर्मा, प्रभा त्रिपाठी, मनिषा तिवारी कुँवर, मिलन गुरुङ्ग, अशोक थापा, राजु थापा र हरी प्रसाद देवकोटा सर्वसम्मत चयन भएको नवनिर्वाचित सचिव सन्तोष अधिकारीले जानकारी दिए । कास्की आदर्श समाज बहराईन अध्यक्ष प्रेम बहादुर क्षेत्रीको सभापतित्व सम्पन्न साधारण सभामा नेपाली राजदुतावास बहराईनका राजदूत तिर्थराज वाग्ले प्रमुख अतिथि रुपमा सहभागिता रहेको थियो ।
महाधिवेशन पर्यवेक्षकको रुपमा कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषद मध्यपूर्व संयोजक दुर्गा प्रसाद त्रिपाठी विशेष अतिथि रहेको कार्यक्रममा बहराईनमा क्रियाशील नेपाली संघ संस्था एबं वैचारिक संगठनका प्रमुख एबं प्रतिनिधि, कास्की आदर्श समाजका सल्लाहकार, आजिवन सदस्य तथा साधारण सदस्य, व्यवसायी, बुद्धिजीवी र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।







सम्बन्धित खवर
















