
पोखरा भ्यूज
३२ साउन, काठमाडौं । संसदको गतिरोधप्रति चासो राख्दै आएका राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले आव्हान गरेको यो पहिलो सर्वदलीय बैठक हो ।
बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् ।











