
पोखरा भ्यूज
पोखरा, ६ भदौ । जन्मदिनका अवसरमा पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान गरिएकोछ । लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाका सुपुत्री सोनाक्षी ढुङगानाको जन्मदिनको अवसर पारेर भोजन दान गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बर्ष १० की पोखराको फिस्टेल एकेडेमी कक्षा ५ मा अध्ययनरत सोनाक्षीको जन्मदिनमा उनका बाबा/आमाद्वारा मानवसेवा आश्रमका ७५ जना जति असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गरिएको थियो ।
वडाध्यक्ष योगीले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएकोमा धन्यवाद दिदै सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएकी थिईन् ।
“जहाँ आवश्यकता त्यहाँ लायन्स” को भावना अनुरूप जो भोकै छन उनीहरूलाई खाना खुवाउनु भन्दा पुनित कार्य अरु हुन नसक्ने डिष्ट्रिक्ट ३२५ आई नेपालका हंगर रिलिफ डिष्ट्रिक्ट चिफ दिलीप कुमार श्रेष्ठ भनाई रहेको थियो ।
सोनाक्षीले आफ़नो जन्मदिन मानव सेवा आश्रममा मनाई वृद्ध बा आमालाई खाना खुवाउन पाँएकोमा ख़ुशी व्यक्त गर्दै यस्को ब्यावस्थापन मिलाउनु हुने लायन्स क्लब अफ पोखरा पिस सिटी परिवारप्रति आभार व्यक्त गरिन ।
छोरीको जन्मदिनमा मानव सेवा आश्रममा वृद्ध बा आमालाई भोजन गराउन पाएकोमा मनको आनन्द मिलेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर समेत रहेका सुदीपराज ढुङगानाले बताए । छोरीको आग्रहमा नै आफुले मानव सेवा आश्रम रोजेको आमा सुजाता आचार्य ढुङगानाको भनाई छ ।
क्लबका द्वित्तिय उपाध्यक्ष ज्ञानेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर अर्जुन सिग्देल, पूर्वअध्यक्ष एवं सिनियर एडभाईजर जिवन ढुङगाना, जोन ६ का जोन चेयरपर्सन सान्तावना पराजुली, क्लबका सचिव रबिकुमार श्रेष्ठ, कोषाध्यक्ष तिर्थराज सुवेदी, मानवसेवा आश्रमका अभियन्ता सम्झना बर्तौला पदाधिकारी लगाएतले यस पुनीत कार्यको प्रशंसा गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।












