
0Shares
पोखरा भ्यूज
१२ भदौ, पोखरा । पोखराका वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ वरालको निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारत वरालको मंगलबार दिउँसो निधन भएको हो ।
उनको वि.स. १९९६ साल जेष्ठ २ मा पोखरामा जन्म भएको थियो । वरालका श्रीमती, छोरा र ३ छोरी छन् । उनको साँझ ५ बजे सेती नदीमा अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले बताएको छ ।
स्वतन्त्र बाम बुद्धिजीवीको छवि समेत बनाएका वराल विभिन्न सामाजिक संघसंस्थाका क्रियाशील थिए ।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








