
पोखरा भ्यूज
१३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् । उनीहरुले भन्सार विभागमा संयुक्त निवेदक दिएर सामूहिक सरुवा माग गरेका हुन् ।
सामूहिक सरुवा माग गर्ने मध्ये ३५ जना अधिकृतस्तरका कर्मचारी पनि छन् । संयुक्त निवेदनमा ६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको व्यहोरा समेत उल्लेख गरिएको समाचार स्रोतले बताएको छ ।











