27Shares

पोखरा भ्यूज
पोखरा १, असोज । ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् ।
पुरस्कार छनौट समितिले कान्तिपुर टेलिभिजनका उप-सम्पादक पौडेललाई उक्त पुरस्कार अर्पण गर्ने निणर्य गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैया नगद रहेको छ । पुरस्कार संस्थाको साधारण सभाको अवसर पारेर प्रदान गरीने प्रालिका प्रबन्ध निर्देशक अमृत तिमिल्सीनाले जानकारी दिए ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका पत्रकार पौडेल विगत १७ वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल छन् । पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन, एभिन्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् ।
पौडेल पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भईसकेका छन् । उनी विभिन्न सामाजिक संघ-संस्थाबाट समेत सम्मानित भईसकेका छन् ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected