२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरा १६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत आफ्ना नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म पुग्नका लागि नव आदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडावासीहरूलाई बिरामी भई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवा समेत समाजले उपलब्ध गराउनेछ । तर, सेवाका लागि पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको भन्ने प्रमाण खुल्ने कागज भने सेवाग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।

सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । आफ्ना नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको भए पनि वडा कार्यालयको तर्फबाट भने सेवाबापतको रकम भुक्तानी गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको उक्त सम्झौता एक वर्षसम्म कायम रहनेछ ।

सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नव आदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए । एम्बुलेन्स सेवाका लागि नव आदर्श समाज तथा मातृशिशु अस्पतालमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको पोखरा १९ का वडा अध्यक्ष पाण्डेले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच पुर्‍याउनका लागि यस प्रकारका समझदारीहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । सेवाबापतको रकम वडा कार्यालयको तर्फबाट भुक्तानी हुनेभएपछि सेवाग्राहीहरू नागरिकलाई यसले ठुलो राहत पुग्ने उनले बताए । रातको समयमा अप्ठ्यारो परेका बेला शुल्कका विषयमा झमेला नगरी निर्बाध सेवा लिन पाउने व्यवस्था नागरिकका लागि राज्यले बहन गरेको महत्पूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिकाद्धारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिका मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…