91Shares

पोखरा भ्यूज

पोखरा  धादिङको निलकण्ठ गाउँपालिका सिम्लेका शारीरिक अपाङगता भएका जितबहादुर गुरूङलाई आर्थिक सहयोग तथा राहत सामाग्री हस्तान्तरण गरिएको असक्षमता अन्तर्राष्ट्रिय एकता फाउन्डेशन, ब्रुग बेल्जियम (DISOF) को आर्थिक सहयोगमा लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा शनिवार शारीरिक अपाङगता भएका गुरूङलाई नगद सहित खाध्यान्न लत्ता कपडा हस्तान्तरण गरिएको हो

डिआईएसओएफ बेल्जियमका अध्यक्ष डिल्ली सुब्बा, उपाध्यक्ष कृष्ण पुन कोषाध्यक्ष निर्मला परियारलगाएतले पठाएको नगद ५० हजार लायन्स क्लब अफ पोखरा बाराही टाउनबाट खाध्यान्न लत्ता कपड़ा हिडडुल गर्न नसक्ने अपाङगता भएका एकल जिवन बिताईरहेका  गुरूङलाई हस्तान्तरण गरिएको बाराही टाउनका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडभाईजर कृष्ण श्रेष्ठ (रोजी) ले बताईन्

सो अवसरमा सोही ठाउँका नेत्रहीन डम्बर बहादुर गुरूङ कृष्णमाया गुरूङलाई क्लबको तर्फबाट खाध्यान्न र लत्ता कपड़ा उपलब्ध गराईएको श्रेष्ठले जानकारी गराईन्

क्लबका अध्यक्ष एन्शोभा गुरुङको अध्यक्षतामा सम्पन्न नगद सहित खाध्यान्न लत्ता कपडा हस्तान्तरण कार्यक्रममा सो कार्यक्रमका संयोजक सरु पाइजा पुन, सचिव मनरुपा थापा, क्लब सदस्य दिपा श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो

बिशेष गरी अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग हौसला प्रदान गर्दै आएको मानवीय सेवामा सक्रिय असक्षमता अन्तर्राष्ट्रिय एकता फाउन्डेशनले भूकम्प, कोभिड१९ जस्ता महामारी लगाएत आपत बिपतमा परेका स्वदेश एवं बिदेशमा रहेका सबैलाई सहयोग गर्दै आईरहेको छ 

91Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected