53Shares

पोखरा भ्यूज

पोखरा, असोज लायन्स क्लव अफ पोखरा पेन्गुइनले स्थापना दिवसको अवसरमा शनिवार चार्टरनाईट तथा अवार्ड वितरण सम्पन्न गरेको कार्यक्रममा लायन बर्ष २०२२/२३ मा क्लबले गरेका विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने क्लबका लायन सदस्यहरुलाई अवार्ड वितरण गरिएको थियो

क्लबका अध्यक्ष डण्डीराज त्रिपाठीको अध्यक्षता, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो

प्रमुख अतिथि ढुङगानाले क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै पोखरा पेन्गुइनले आफ्नो स्थापनाको छोटो समयमा डिष्ट्रिक्ट एवं अन्तर्राष्ट्रियमा छुट्टै पहिचान बनाउन सफल भएको हुदाँ यसको उचित मुल्यांकन हुने पनि जानकारी गराएका थिए

क्लबका एक्स्टेन्सन चेयरपर्सन एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटर ऋषि गिरीले स्थापनाको छोटो अवधिमा क्लबले छुट्टै ईतिहाँस रच्न सफल भएकोमा क्लब परिवारप्रति आभार व्यक्तगर्दै आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्नका लागि शुभकामना व्यक्त गरेका थिए

क्लबको चौथो स्थापना दिवसको अबसरमा क्लबका निवर्तमान अध्यक्ष दीपक भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने क्लबका सदस्यहरूलाई अवार्ड वितरण गरेका थिए भने क्लब लायन्स अफ दि इयरबाट निवर्तमान सचिव सुवाश अम्गाईलाई घोषणा गर्दै मायाको चिनो प्रदान गरेका थिए ।त्यस्तै, गतबर्ष मात्र गठन भएको लियो क्लब, लियो क्लब अफ पोखरा पेन्गुइनका ओर्जिनल अध्यक्ष गीता भण्डारीले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्ने क्लबका सदस्यहरूलाई अवार्ड वितरण गरेकी थिईन ।

कार्यक्रममा संस्थापक अध्यक्ष सित्तल श्रेष्ठले क्लब स्थापनाको उद्देश्य सहित क्लबले गरेका गतिबिधिबारे प्रकाश पारेका थिए  क्लबका सचिव निलकण्ठ पौडेलको संचालन रहेको कार्यक्रममा स्पोन्सर क्लब लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष रेवती भण्डारी, पेन्गुइनका प्रथम उपाध्यक्ष शिव पौडेल लगाएतले आफ्नो भनाई राखेका थिए

क्लवले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूका साथै जन-सचेतना मुलक कार्यक्रम समेत गर्दै आएको क्लबका पूर्व अध्यक्ष एवं जोन चेयर पर्सन ज्ञानबहादुर रानाले बताए

53Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected