59Shares

पोखरा भ्यूज

पोखरा, असोज  लायन्स अन्तर्राष्ट्रियमा नेपालका नवनिर्वाचित अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीलाई पोखरामा स्वागत गरिएको मानवीय सेवाको कार्यमा सक्रिय विश्वकै सबैभन्दा ठूलो सदस्य संख्या रहेको सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियका नवनिर्वाचित डाईरेक्टर बालकृष्ण बुर्लाकोटीलाई मंगलवार बिहान पोखरामा अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो

गत जुलाई देख़ि ११ सम्म अमेरिकाको बोस्टनमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट लायन बर्ष २०२३२५ का लागि नेपालबाट लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएपछि बुर्लाकोटी पहिलो पटक पोखरा आएकाहुन् पोखरामा सक्रिय वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक़्ट के का डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापा, एम का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल, एल का द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर एक नारायण शर्मा र आईबाट डिष्ट्रिक्टका सिनियर लिडरहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फुलमाला तथा अविर लगाई स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए

812C7544-557B-4033-ADB2-BF284E5C61DB.jpeg

अन्तर्राष्ट्रियका डाईरेक्टर बुर्लाकोटीको सम्मानमा पोखरा क्षेत्रमा सक्रिय लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई, जे, के, एल एम नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको बेनक्यूईट पाटीमा सहभागिता जनाउने कार्यक्रम रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को-अर्डिनेटर ऋषि गिरीले बताए 

स्वागत सम्मान एवं बधाई पश्चात संक्षिप्त भनाई राख्दै बुर्लाकोटीले नेपाललाई लायन्स मार्फत विश्वभर चिनाउन प्रयास गरेको बताए  ।लायन्जिमको विकास विस्तारमा आफ्नो योगदान रहने बताउदै नेपालमा धेरैभन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफूसक्रिय बुर्लाकोटीले बताए

२१२ देशको प्रतिनिधित्व रहेको लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित बुर्लाकोटीले दक्षिण एसिया, मध्यपूर्व अफ्रिका लगायत ६४ राष्ट्रको प्रतिनिधि गर्दछन्

सन् १९१७ मा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा प्रवेशको ५२ वर्षपछि लायन्सको अन्तर्राष्ट्रिय नेतृत्वमा नेपालबाट पुग्ने बुर्लाकोटी दोस्रो व्यक्ति हुन् यस अधि सन् २०१५ मा नेपालबाट अन्तर्राष्ट्रिय नेतृत्वमा संजय खेतान पुगेका थिए

59Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected