२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरामा विश्व मुटु दिवस मनाईने

पोखरा भ्यूज
पोखरा, १० असोज । विभिन्न तीन संघ संस्थाको सहकार्यमा आउदो शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाईने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । नेपाली मिति अनुसार आउदो शुक्रबार अर्थात असोज १२ गते पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाईने भएको आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य ईन्द्र प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आउदो शुक्रबार बिहान सात बजे पोखरा ६ वैदाम स्थित क्याम्पिङ चोक (हल्लन चोक) देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकालिने भएको छ । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । प्रभातफेरी फिस्टेल गेटमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुनेछ ।
कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रि.बि.) काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सृर्य देवकोटा सगै अन्यले मुटुरोग, यस्बाट बच्ने उपाए सगै मुटु स्वच्छ बनाउन दैनिक जिवनका गर्न पर्ने विविध पक्षका बारेमा जानकारी गराउने छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…