पोखरा भ्यूज
पोखरा, ११ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३ अन्तर्गत जोन ६ को प्रथम जोन मिटिङ सम्पन्न भएको छ । जोन ६ का जोन चेयरपर्सन सान्तावना पराजुलीको अध्यक्षता लायन्स डिष्ट्रिक़्ट ३२५ आई नेपालका पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न मिटिङमा डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतशोभा खत्री, टंकराज अधिकारी, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर बासुदेव कोईराला लगाएतको उपस्थिति रहेको थियो ।
मिटिङमा जोन अन्तर्गतका चार वटा क्लवहरु लायन्स क्लब अफ पोखरा पिस सिटी, अन्जुली, आरम्भ र आस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षहरूको उपस्थिति रहेको थियो । मिटिङमा पिस सिटी अध्यक्ष युवराज खनाल, अन्जुलीका अध्यक्ष मिना पौडेल, आरम्भका अध्यक्ष कर्ण बहादुर गुरूङ र आस्थाका अध्यक्ष मिना कुँवरले क्लबले हालसम्म सम्पादन गरेका कार्य र बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए । चार वटै क्लबका सचिवले सचिवको प्रतिवेदन एवं कोषाध्यक्षले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा चेयरपर्सन भावना बसेलले चार वटै क्लबले सम्पादन गरेका कार्यको समीक्षा सहित सुझाव राखेकी थिईन् । जोन मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा अन्जुलीले गरेको थियो ।
लायन्स अन्तर्राष्ट्रिय बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लबलाई लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ । जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल सहित सेवाका कार्यलाई प्राथमिकता, दोस्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फेलोलोशिपलाई प्राथमिकता दिईने गरेको जीएलटी डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतशोभा खत्रीको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराईले लायन्स अन्तर्राष्ट्रिय प्रेसिडेन्टको नारा चेन्ज द वल्ड र डिष्ट्रिक्ट गभर्नरको नारा इन्सपाएर टु लिड़ का बारेमा प्रकाश पार्दै लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्राएको चर्चा गरेका थिए । जिएसटी एडिशनल डिष्ट्रिक्टको–अर्डिनेटर बासुदेव कोईरालाले क्लब गर्ने सेवाका कार्य र रिपोर्टिंगको महत्वका बारेमा आफ्नो भनाई राखेका थिए ।



जोन चियरपर्सन सान्तावना पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन एडभाईजर एवं सिनियर डिष्ट्रिक्ट एडभाईजर हिरा भण्डारी, होस्ट क्लब अन्जुलीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट काउन्सिलर सकुन्तला केसी, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका सिनियर एडभाईजरहरू कल्पना बास्तोला, उमा भण्डारी, बिना पाईजा, को-जोन चेयरपर्सन आरती अधिकारी लगाएतले क्लबहरूले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए । होस्ट क्लब अन्जुलीका प्रथम उपाध्यक्ष साधना थापाले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिईन् ।





