२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’

पोखरा भ्यूज

मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ ।’
नाका खोल्ने योजना भईरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङ तर्फ कुनैपनि संरचना नहुँदा भोली समस्या आउन सक्ने उनले बताए । ‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार संचालन गर्न हाम्रो तर्फपनि भौतीक संरचना जरुरी हुन्छ’ उनले भने । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ । नाका सम्म पुग्ने सडक स्तरोन्नती गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउन तर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘कोरोला नाका सम्मको सडकपनि संघ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारलेपनि सहकार्य गरेको छ’ उनले भने । निर्माण ब्यवशायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए ।
पछिल्लो चिन भ्रमणकाबेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए । तर नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र संम्बन्धित मन्त्रालयसँग छलफल भईरहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्ने तर्फ हाम्रो प्रयास केन्द्रित छ’ उनले भने ।
सिमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठकपनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाए, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको थियो ।
कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायतपनि सहभागी थिए । गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहितको टोलीले सिमावर्ती क्षेत्रको १० भन्दाबढि गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।
प्रदेश सरकारबाट संचालन भएका योजनाको अवस्था, चालु वर्ष बिनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने संवोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरु र स्थानीयबिच अन्तरक्रिया भएको थियो । मुख्यमन्त्री गाउँगाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिन्थे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…