पोखरा भ्यूज
असोज २३,पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ्रे बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ्रे बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/sitaldevi.jpg)
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/ad-pachimanchal-5000-Rs.jpg)
![](https://www.pokharaviews.com/wp-content/uploads/2025/01/Final-GIF-1.gif)
![](https://www.pokharaviews.com/wp-content/uploads/2025/01/khanepani-1.jpeg)