16Shares

पोखरा भ्यूज ।

पोखरा, २३ असोज । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निणर्य गरेको छ । मंगलवार गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका विभिन्न महत्वपूर्ण निणर्य सहित सम्मेलन गर्ने विभिन्न निणर्य गर्दै सम्पन्न गरेको हो ।

बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका प्रतिनिधिबाट प्राप्त प्रतिवेदनको अध्ययन एवम् कार्यान्वयन गर्नका लागि महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ध्रुव शर्मा पगेनी र शोभा अधिकारी सदस्य रहेको उपसमिति गठन गर्ने निणर्य गरेको छ ।

त्यस्तै, बैठकले यही असोज २५ गते सुवर्ण शमशेर स्मृति विशेष कार्यक्रम गर्ने निणर्य गरेको छ । बैठकले विरेन्द्रप्रसाद मण्डलको संयोजकत्वमा लेखा समिति गठन गर्ने निणर्य गरेको छ । उक्त समितिका सदस्यमा तेजबहादुर कुँवर र पदमबन्धु पोख्रेल रहेका छन् ।

उक्त वैठकमा वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश समितिले भाद्र २४ गते ११० औ वीपी जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रम एतिहासिक रहेको र अनुकरणीय कार्य गरेकोमा कृतज्ञता सहित बधाई ज्ञापन गरिएको थियो ।

बैठकले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग संयोजक नारायण बरालको असामयिक स्वर्गारोहण भएकोमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै इजरायलमा भएको सांघातिक हमालामा परी निधन भएका १० जना नेपाली विद्यार्थीको निधनमा शोक व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फसेका नेपालीको शीघ्र उद्धार गर्न आग्रह गरिएको छ । गण्डकीमा फैलिएको डेगुको प्रकोप नियन्त्रणका लागि बैठकले सरकारको ध्यानकर्षण गराएको छ ।

बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै लैजानु वर्तमानको आवश्यकता भएको बताए । पार्टीको कार्यसमिति र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी रहेको बताउँदै उनले पार्टीका नीति तथा सिद्धान्त अनुसार जनप्रतिनिधिहरू कृयाशिल हुनुपर्ने धारणा राखेका थिए । सभापति शर्माले पार्टीलाई कमजोर हुने गरि कसैलेपनि जथाभावीरुपमा अभिव्यक्ति नदिनकोलागि अनुरोध गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँफू पार्टी संगठनसँग निरन्तर समन्वय गर्दै अघि बढीरहेको बताए । एकतावद्ध रुपमा अघि बढ्न सकेमा पार्टी बलियो बन्ने उल्लेख गर्दै पाण्डेले सबै मिलेर विद्यमान समस्याको समाधान गर्न सकिने कुरामा जोड दिए ।

नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । पार्टीको नीति तथा आदर्शमा रही जनताले अपेक्षा गरे अनुसारका कामलाई अघि बढाउने कुरा आफ्नो प्राथमिकतामा रहेको उनको भनाई थियो ।

नेपाली कांग्रेस तनहुँका सभापति एवम् गण्डकी प्रदेशका अर्थ मन्त्री जीतप्रकाश आलेले पार्टीको अधिवेशनमा तल्लो तहबाटै आउनुपर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताए । बैठकमा पार्टीका उपाध्यक्षद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने लगायतले आआफ्ना धारणा राखेका थिए ।

बैठकमा जिल्ला जिल्लामा खटिएका प्रदेश कार्यसमितिका सदस्यले तत्तत् जिल्लाको पार्टी संगठन, गतिविधि एवम् समस्या सहित समाधानका उपाय बारे जानकारी गराउनुका साथै प्रतिवेदन पेश गरेको प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी गराए ।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected