1Shares

टंकराज अधिकारी

पोखरा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठक पोखरामा सम्पन्न भएको सुक्रवार शनिवार गरी दुईसम्म चलेको बैठकमा पहिलो दिन क्याविनेट अफिसरहरूको बिजनेश सेसन चलेको थियो सो सेसनमा कार्यसम्पादनको मुल्याङकन आगामी दिनमा डिष्ट्रिक्ट अन्तर्गतका क्लवहरुले समाजसेवाका लागि गनुपर्ने सामाजिक उत्तरदायित्वका बारेमा बैठकमा समिक्षा भएको थियो त्यस्तै, दोस्रोदिन शनिवार सम्पूर्ण लायन्स सदस्य सम्मिलितको फ़ेलोशिपमा उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यहरूलाई सम्मान सहित समापन भएको क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए डिष्ट्रिक्टले तीन महिनाको सपयावधिमा समाज सेवाकालागि गरेको गतिविधिहरुको समीक्षा भावी रणनीतिमाबारे लायन्सका बिभिन्न पदाधिकारी बीच छलफल भएको थियो बैठकमा डिष्ट्रिकका पदाधिकारी, रिजन जोनका चियरपर्सनहरुले प्रतिवेदन प्रस्तुत गरी भावी कार्यनितिका वारेमा क्याविनेट पदाधिकारीलाई जानकारी गराएका थिए

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका करिव नौ सय लायन्स लिडर एवं लायन्सकर्मीको उपस्थिति रहेको थियो डिष्ट्रिक्ट गर्भनर केसीले कार्यकाल सुरूको तीन महिनामा सर्भिस, रिपोर्टिंग मेम्बरशीप ग्रोथमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएकोमा सम्पूर्ण क्लब अध्यक्ष, डिष्ट्रिक्टका लायन्स लिडरहरूप्रति आभार ब्यक्त गरेका थिए

डिष्ट्रिक्टका अविभावकहरू एवं पूर्व डिष्ट्रिक्ट गभर्नरहरू एलसिआईएफ एरिया लिडर राजन लम्साल, पिएमसीसी मनबहादुर रोका, आईपिडिजी रामबहादुर बसेल पिडिजी इन्दु लम्सालले सुरूवातको तीनमहिनामा उत्कृष्ठ काम गरेर विश्वमा नै नेपाली लायन्सकर्मीहरुको स्वभिमान उच्च बनाएकोमा गभर्नर केसीको  खुलेर प्रशंशा गर्दै दोस्रो हुने छुट नरहेको बताएका थिए

सो अवसरमा गभर्नर केसीले डिष्ट्रिक्टका चार जना अविभावकहरूले आफ्नो गभर्नर कार्यकालमा विभिन्न बिधामा डिष्ट्रिक्टलाई विश्वको नम्बर एक डिष्ट्रिक्ट बनाएको स्मरण गराएका थिए केसीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा डिष्ट्रिक्टलाई चलाएमान बनाउन सहयोग गर्ने एवं निस्वार्थ रुपमा सेवा गर्ने क्लब पदाधिकारी एवं डिष्ट्रिक्टका लायन्स लिडरहरूलाई अवार्डेड गर्दै सबैको साथ सहयोगप्रति आभार प्रकट गरे

कार्यक्रमका की नोट स्पीकरका रूपमा उपास्थित रहेका वरिष्ठ हृदयरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जीवनसम्बन्ध, संस्कार, पारिवारिक सम्बन्धका बारेमा आफ्ना भनाई राख्दै आमाबुबाको हेरचाह, जीवन संघर्ष, सफलता पीडालगायतका विषयमाथि प्रकाश पारेका थिए

डा. अनिलले व्यक्तिको कर्तव्य, सोच दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै सम्बन्धहरूको गहिराईकोबारेमा समेत प्रस्तुति राखेका थिए हरेक मानिसलाई जीवनमा अरुबाट श्रद्धा, सम्मान, रेस्पेक्ट पाउने तथा मनप्रिय हुने चाहना हुन्छ, त्यसका लागि हरेक व्यक्ति ओरिजिनल हुनुपर्छ, मान्छे मोडिफाइड हुनु हुन्न कुनै पनि काम मनैदेखि गर्नु भयो भने त्यसले तपाईंलाई कहिं कहिं पहिचान दिन्छ तुरुन्त परिणाम नआए पनि ढिलोचाँडो परिणाम प्राप्त हुन्छ लगाएतका प्रेरक भनाई राखेका थिए धन, सम्पत्ति, पद, मान, पदवी भन्दा पनि तपाईंलाई समाजले कुन नजरले हेर्छ भन्ने कुरा बढि महत्वपूर्ण हुन्छ आफैं पनि आफ्नो कन्टेन्टमा कहिलेपनि अरुको नक्कल अर्थात कपि गर्दिन, जे मेरो आफ्नौ मौलिक प्रस्तुति हुन्छ उनको भनाई थियो
कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक़्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले देशको परिस्थितिका बाबजूद डिष्ट्रिक्टले महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताए

क्याविनेट सेक्रेटरी महेश पाण्डे क्याविनेट ट्रेजरर सन्तोष रावलले तीन महिनामा सम्पन्न भएका कार्यक्रम भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए

कार्यक्रममा लक्ष्य ब्याण्डद्वारा स्व. जनकविकेशरी धर्मराज थापा लोक गायक सारंगी बाधक स्व. झलकमान गन्धर्वको स्मृतिमा सांगेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो

दोस्रो क्याविनेट मिटिङका लागि लायन्स क्लव अफ पोखरा आदर्शको स्थानीय ब्यवस्थापन पोखरा स्थितसम्पूर्ण लायन्स क्लबहरूको सहयोगमा पोखरा१२, माटेपानीस्थित एस.आर. के.सी. क्याटेरिंगमा सम्पन्न भएको थियो लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोअर्डिनेटर सुरेन्द्रमानसिं भण्डारी सहसंयोजक रहेको विभिन्न १३ वटा उपसमिति गठन गरिएको थियो

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected