17Shares
पोखरा भ्यूज
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको महिला मात्रको क्लब लायन्स क्लब पोखरा पिस टाउनले मानव सेवा आश्रम छोरेपाटनमा दिवा खाजा प्रदान गरेको छ ।
आँगन स्वीटको सहयोगमा मानव सेवा आश्रममा आश्रित ६५ जनालाई शनिवार दिवा खाजा उपलब्ध गराईएको हों ।
लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष केसी माया नेपालीको अध्यक्षता, डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्युनिकेशन डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका गाईडिंग लायन टंकराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षद्वय डिष्ट्रिक्ट काउन्सिलर सबिता सिग्देल बराल र डिष्ट्रिक्ट एओजी शोभा अधिकारी पौडेलको उपस्थिति रहेको थियो ।
17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।