0Shares

पोखरा भ्यूज
२९ असोज, काठमाडौं । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन १३ दिन ढिला गरी बाहिरिएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको महाशाखाको तथ्यांक छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियो ।

यसैबीच महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected