दशैको शुभकामना : मोरल भ्यालुको सन्देशसहित सतेचनामूलक काममा जोड़िन गभर्नर केसीको आग्रह
- October 16, 2023
- 2466
पोखरा भ्यूज
पोखरा, २९ असोज । महानपर्व बडा दशै भित्रीएसँगै पोखरास्थित लायन्सहरूले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल पोखरा एरियाका रिजन चेयरपर्सनहरूले सो क्षेत्रका लायन्सहरुलाई एकै स्थलमा जमघट गराएर दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।
रिजन तीनका रिजन चेयरपर्सन भावना बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले दशैको शुभकामना दिदै आपसी भाईचारा वृद्धिका लागि चाडपर्वले महत्वपुर्ण भुमिका खेलेको भन्दै दशै र तिहारका मौलिकतालाई विर्सन नहुने कुरामा जोड दिए । गभर्नर केसीले चाडपर्वका बिशेष अवसरमा समाजमा मोरल भ्यालुको सन्देश सहित सचेतनामुलक सन्देश दिने प्रकारका क्रियाकलापमा सरिक हुन लायन्स लिडरहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई का निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले सामाजिक सद्भाव कायम गर्न चाड पर्वले महत्वर्पुण भुमिका खेलेको उल्लेखगर्दै आफ्नो दक्ष र क्षमताका आधारमा चाड पर्वलाई मनाउनु पर्ने बताए ।
रिजन चारका रिजन चेयरपर्सन कल्पना गुरूङको संचालनमा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक्टका डिष्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्त, रिजन चेयरपर्सनहरू क्रमशः पाँचका मणि डुम्रे, छ का रेश्मा शेरचन अधिकारी, सातका शोभा बानियाँ, आठका शुशील पौडेल, जोन ११ का जोन चेयरपर्सन रश्मी अधिकारी भण्डारी, लायन्सक्लब अफ पोखरा फरक अभियानका हरिहर पराजुली, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजन बाबु ढुङगाना लगायतले नेपाली माझ चाडपर्वको महत्व दर्शाउदै दशैको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।