40Shares

पोखरा भ्यूज
पोखरा, २९ असोज । लायन्स क्लब पोखरा अन्जुली र लायन्स क्लब पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा न.१ स्थित संस्कृत मा.बि.मा १० हजार लिटरको खानेपानी टंकीको पोखरा-१ का कार्यवाहक अध्यक्ष जुमकाजी गुरुङले सोमवार एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

शिलान्यास पश्चात बोल्दै गुरूङले विदेशका बिद्यार्थीहरुले खाजाको रकम कटाएर निर्माण हुन लागेको टंकी निर्माण गरी बिद्यालयलाई सहयोग गर्न गईरहेकोमा खुशी ब्यक्त गरे ।

सो टंकी निर्माणका लागि द इडिङबर्ग यु.केका २३ जना बिद्यार्थीहरुको ३ दिन स्वयसेवक रुपमा काम गर्ने खानेपानी परियोजना निर्देशक सोनाम साङपोले जानकारी दिए । साङपोका अनुसार पोखरा वरिपरिका सरकारी बिद्यालय ४५ वटा बिद्यालयलाई खानेपानी टंकी निर्माणमा सहयोग गरेको र आगामी दिनहरुमा सहयोग निरन्तर रहने जानकारी गराए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले लायन्स क्लब अन्जुली र पोखरा अन्नपूर्णले यस बिद्यालयलाई छनोट गरी सहयोग गरेकोमा ख़ुशी व्यक्त गर्दै धन्यवाद सहित आभार व्यक्त गरे ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका जिएलटी कोर्डिनेटर अमृता शोभा खत्रीले लायन्स क्लब अन्नपूर्णसंग बिगतमा सहकार्य गरी खानेपानी सम्पन्न भएको बताईन् । बिद्यालयका प्रधानाध्यापक कृष्ण सिग्देल बिदेशी बिद्यार्थीको सहयोगबाट यस बिद्यालयका बिद्यार्थीहरुले शुद्ध खानेपानी पिउने ब्यबस्था गरिदिएकोमा र त्यसको संयोजन लायन्स क्लबले गरिदिएकोमा क्लबप्रति आभार व्यक्त गरे । सिनियर एडभाईजर बिना पाईजा, जोन चियरपर्सन सान्तवना पौडेलले जहाँ आवश्यकता त्यहा लायन्स क्लबको उपस्थित रहने बताउदै लायन्स क्लबसँगको सहकार्यमा बिद्यार्थीहरुले शुद्ध खानेपानी खान पाउँने व्यवस्था  गरिएको बताए ।

लायन्स क्लब पोखरा अन्नपूर्णका प्रथम उपाध्यक्ष गणेश छबिले बिगत ७, ८ बर्ष अधि देखिनै लायन्स क्लब अन्नपूर्णले सरकारी बिद्यालयहरुलाई सहयोग गर्दै आएको जानकारी गराए ।

लायन्स क्लब अन्जुलीका प्रथम उपाध्यक्ष साधना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्य रोजी पराजुली, अन्जुलीका द्धितिय उपाध्यक्ष निर्मला थापा, सचिव पूजा सिलवालले आ-आफ्नो भनाई राखेका थिए ।

बि.स १९५८ सालमा स्थापना भएको उक्त बिद्यालयमा हाल १७० जना बिद्यार्थी अध्ययन गरिरहेको छन् ।

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected