6Shares

पोखरा । अन्नपूर्ण गाउँपालिका-७, तोल्कामा बृहत् स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र पोखरा समर्पणको संयुक्त आयोजनामा हिमालय माबि तोल्कामा शनिवार निशुल्क स्वास्थ्य शिविर संचालन हुने कार्यक्रम संयोजक गौंप्रसाद गुरूङले बताए ।

फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि. पोखराको प्राविधिक सहयोग र एडिथ कोवान युनिभर्सिटी, अस्ट्रेलियाको सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको सो वडाका वडा सदस्य समेत रहेका गुरूङले जानकारी दिए ।

शिविरमा छाती तथा मुटुरोग, भिडियो एक्स-रे, हाड, जोर्नी तथा नशारोग, निःशुल्क मधुमेह जाँच, ईसिजी, स्त्री तथा प्रसूति रोग, बालरोग, निःशुल्क औषधि वितरण तथा ई.सी.जी. लगायतको सेवा समेत प्रदान गरिने फिस्टेल हस्पिटल प्रा.लि का अध्यक्ष अशोक पालिखेले बताए ।

निःशुल्क स्वास्थ्य शिविर बिहान ९ बजेदेखि दिउंसो १:३० बजे सम्म नाम दर्ता गरि सेवा लिन सकिने र शिविरमा पाँच सय जना बढीलाई सेवा प्रदान गरिने लक्ष्य लिईएको उज्यालो भविष्य नेपालका अध्यक्ष राज बहादुर गुरुङले बताए ।
राज गुरूङका अनुसार निशुल्क स्वास्थ्य शिविरका लागी अष्ट्रेलियाका ११ जना चिकित्सक टोली तोल्का गाऊंमा आईपुगेको र फिस्टेल हस्पिटलका चिकित्सक टोली औषधी सहित शनिबार बिहानै पुग्नेछन् ।

शिविरको स्थानिय ब्यवस्थापन सहयोगीमा देउराली आमा समूह, तोल्का, अन्नपूर्ण- ७, कास्की बिचुक आमा समूह, बिचुक, अन्नपूर्ण- ७, कास्की बराह आमा समूह, लान्द्रुक, अन्नपूर्ण- ७, कास्की र कायर्क्रम समन्वयमा उज्यालो भविष्य – नेपाल, पोखरा रहेको छ ।

फोटो : विश्वमान गुरूङ

 

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected