1Shares

काठमाडौं । भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण भएको भारतीय राजदूतावास काठमाडौंबाट जारी प्रेस नोटमा बताईएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected