10Shares

पोखरा भ्यूज

५ कार्तिक, पाल्पा । पाल्पामा भएको जीप दुर्घटनामा छ जनाको मृत्यु भएको छ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खसेर दुर्घटना भएको हो । घटनामा एक यात्रु र जीप चालक समेत गरी दुई जना घाइते भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रमुख हेरम्ब हर्माले बताए । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected